Rule 43A
स्थानीय कर्मचारी करारमा नियुक्त गर्न सक्ने
विदेशी मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगबाट जनशक्तिको अभावका कारण श्रमसँग सम्बन्धित सेवा प्रवाह गर्न कठिनाई भई थप जनशक्ति माग भएमा परराष्ट्र मन्त्रालयको सिफारिशमा बोर्डको निर्णय अनुसार नियोगले स्थानीय व्यक्तिलाई प्रचलित कानून बमोजिम बढीमा एक वर्षका लागि सेवा करारमा नियुक्त गर्न सक्नेछ ।